आसु आसु भयो जीवन

  • Post category:Poem
  • Post comments:0 Comments

आसु आसु भयो जीवन
बेथा सुनाउ कसलाई

सुनिदिने छैन कोहि
बुझिदिने छैन कोहि

कसरि समालु मा आफैलाई
कसरि लडू यो संसार संग
कसरि गरु यो संघर्स यो जीवन संग

न त कुनै साहारा छ
न त कुनै आत्मबल छ

एक्लो महसुस गरे मैले
एक्लो नै भए

समाल्न कोसिस गरे मैले
असफल भए
एक्लोपनले सताईरह्यो
मनमा कुरा खेली रह्यो

आसु आसु भयो जीवन

Leave a Reply